गृहपृष्ठ नक्कली शरणार्थी मुद्दा : आज टोपबहादुरको प्रतिरक्षामा बहस हुँदै
नक्कली शरणार्थी मुद्दा : आज टोपबहादुरको प्रतिरक्षामा बहस हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसअन्तर्गत आज (शुक्रबार) प्रतिवादी टोपबहादुर रायमाझीका तर्फबाट प्रतिरक्षा बहस हुने भएको छ। काठमाडौं जिल्ला अदालतमा गत बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस जारी छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुरका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बहस गर्दै छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने आश्वासन दिएर लाखौँ ठगी गरेको अभियोगमा टोपबहादुर हाल हिरासतमा छन् ।
नक्कली शरणार्थी मुद्दामा जेठ २१ देखि थुनछेक बहस भइरहेको हो। सरकारी वकिल र पीडिततर्फका वकिलले तीन दिन बहस गरेपछि बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस भइरहेको हो ।
प्रकाशित समय : ११:३५ बजे



















