गृहपृष्ठ गर्मी घटेन, कति छ तापक्रम ?
गर्मी घटेन, कति छ तापक्रम ?
देशका अधिकांश स्थानमा जारी गर्मी अझै केही दिन नघट्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कम्तीमा ३ दिन खासै ठूलो वर्षाको सम्भावना देखिएको छैन । बादल नलाग्दा र वर्षा नहुँदा दिनभर घाम लाग्ने भएकाले तापक्रम घट्न पाउँदैन ।
मौसम महाशाखाले आफ्नो स्टेसन राखेका ६ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । महाशाखाको विवरणअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम बारा जिल्लाको सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको छ । यसपछि क्रमशः भैरहवा र जनकपुरमा समान ४२.४, नेपालगन्जमा ४१.८, विराटनगरमा ४१.५ र धनगढीमा ४०.५ डिग्री सेल्सियस छ ।
बिहीबार काठमाडौं उपत्यकाको अधिकत तापक्रमसमेत ३२.८ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ। आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमसमेत २० डिग्रीमा उक्लिएको छ ।
प्रकाशित समय : ११:४३ बजे



















