global ime bank Long Banner Ad

गृहपृष्ठ ५ सय महिलालाई निःशुल्क सीप तालिम दिदैँ बोर्ड

५ सय महिलालाई निःशुल्क सीप तालिम दिदैँ बोर्ड

५ सय महिलालाई  निःशुल्क सीप तालिम दिदैँ बोर्ड

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलाहरूलाई आउँदो असार पहिलो हप्तादेखि गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम निःशुल्क सञ्चालन गर्ने भएको छ ।

बोईले सूचना जारी गर्दै बोर्डले राहदानी बनाएका वा बनाउन सम्बन्धित निकायमा राजस्व बुझाइसकेका इच्छुक महिलाहरूलाई गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम लिने चाहना भएमा सात दिन भित्र सम्पर्क गर्न आह्वान गरेको छ ।

यो सीप तालिम लिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ । आवेदन फारम निःशुल्क बुझाउन सकिन्छ । सीप तालिम आवासीय हुनेछ । खाने बस्ने सुविधासहितको यो तालिम लिएबापत पैसा तिर्न पर्दैन ।

सीप तालिम काठमाण्डौ उपत्यकाका विभिन्न नौ वटा तालिम प्रदायकले प्रदान गर्ने छन् । पहिलो चरणमा बोर्डले यो सीप तालिम पाँच सय जनालाई प्रदान गर्दै छ ।

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु