global ime bank Long Banner Ad

गृहपृष्ठ कञ्चनपुरमा घाँस काट्न गएकी महिला उखुबारीमा मृत फेला

कञ्चनपुरमा घाँस काट्न गएकी महिला उखुबारीमा मृत फेला

कञ्चनपुरमा घाँस काट्न गएकी महिला उखुबारीमा मृत फेला

कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलकी ४५ वर्षीया दुर्गा थापा मृत भेटिएकी हुन् ।

उनी बिहीबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । राति अबेरसम्म नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए ।

‘उखुबारीमा लडेको अवस्थामा शव भेटिएको हो, मृत्युको कारण खुल्न सकेको छैन’, डीएसपी डाँगीले भने। उनले मादक पदार्थ पनि खाने गरेको खुलेको छ ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु