global ime bank Long Banner Ad

गृहपृष्ठ साउनदेखि स्वचालित प्रणालीबाटै पूर्व र अन्तिम श्रम स्वीकृति जारी गरिदैँ

साउनदेखि स्वचालित प्रणालीबाटै पूर्व र अन्तिम श्रम स्वीकृति जारी गरिदैँ

साउनदेखि स्वचालित प्रणालीबाटै पूर्व र अन्तिम श्रम स्वीकृति जारी गरिदैँ

सरकारले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति जारी गर्ने भएको छ ।

म्यानपावरहरूले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने कामदारको सूचना अनलाइन सिस्टममा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति जारी गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृति सम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो । तर म्यानपावर कम्पनीहरूले झुटा विवरण राखेको ठहरिएमा भने कम्पनी खारेजीसम्मको सजाय हुने मन्त्रालयले जनाएको छ ।

स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनीहरू श्रम कार्यालय धाउन नपर्ने श्रम सचिव एकनारायण अर्यालले जानकारी दिए ।

पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनमार्फत नै प्रदान हुन्छ भने कुनै पनि कामका लागि कार्यालयमा गएर लाइन बस्न नपर्ने उनको भनाइ छ ।

श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीहरूले गर्ने गरी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

दुई वर्षअघि श्रम स्वीकृति लिँदा बायोमेट्रिक नभएकाहरूले मात्र पुनः श्रम स्वीकृति लिनका लागि श्रम कार्यालयमा उपस्थित हुनपर्छ । तर यस्तो सङ्ख्या एकदमै न्यून हुने र बिना झन्झण्ट सेवा दिदै आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १०:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु