global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण

मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण

मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण

झापा । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले झापाको मेचीनगर नगरपालिका–१ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन् ।

स्थानीयवासीको गुनासोपछि मन्त्री चौधरी हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न झापा पुगेकी हुन् ।

स्थानीयले दैनिकजसो मकै, सुपारीलगायतका बालीमा हात्तीका कारण क्षति भइरहेको गुनासो गरेका छन् ।

मन्त्री चौधरीले हात्ती नियन्त्रण र स्थानीय सुरक्षाका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताइन् ।

उनले मानव–हात्ती द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पीडित किसानको संरक्षण र क्षतिपूर्ति प्रक्रियालाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन् ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु