global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा बस्दै

सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा बस्दै

सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा बस्दै

सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा ३२ जेठमा बस्ने भएको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले १२ जेठमा बुक क्लोज गरिसकेको छ ।

११ जेठसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गत वर्षको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु