global ime bank Long Banner Ad

गृहपृष्ठ आधिकारिक व्यक्तिमात्रै बसेर करका दरसम्बन्धी निर्णय गरिएको हो : अर्थमन्त्री

आधिकारिक व्यक्तिमात्रै बसेर करका दरसम्बन्धी निर्णय गरिएको हो : अर्थमन्त्री

आधिकारिक व्यक्तिमात्रै बसेर करका दरसम्बन्धी निर्णय गरिएको हो : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट निर्माणमा बजेट तर्जुमा दिग्दर्शनमा उल्लेखित पदाधिकारी मात्रै बसेर करका दर निर्धारण गरिएको प्रस्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सदस्यहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताबारे उठाएको जिज्ञासामा उनले आधिकारिक व्यक्ति मात्रै बसेर करका दरलाई वैज्ञानिक बनाइएको बताए ।

उनले गोप्य कोठामा आधिकारिक व्यक्तिमात्र बसेर करका दर बढाउने, घटाउने र हेरफेर गर्ने निर्णय गरिएको बताए । “करका दरसम्बन्धी निर्णय हामीले स्वतन्त्रपूर्वक गरेका छौँ, आन्तरिक अध्ययन, सरोकारवालाका सुझाव तथा राजस्व परामर्श समितिको सिफारिसका आधारमा हामीले निर्णय गरेका हौँ”, उनले भने ।

आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको उल्लेख गर्दै उनले प्रभावबाट मुक्त भएर काम गर्छु भनेर मन्त्रालय छिरेको बताए। “त्यही प्रतिबद्धता पालना गरेको छु । जिम्मेवारीमा रहेसम्म कर्तव्य निष्ठताका साथ काम गर्छु । यो विश्वास दिलाउन चाहन्छु”, अर्थमन्त्री डा महतले भने ।

गोप्यरुपमा, छोटो समयमा काम गर्नुपर्ने र टाइप गर्नका लागि आवश्यक सहयोगी चाहिने उनको भनाइ छ । “निर्णय गर्ने ठाउँमा उहाँ हुनुहुन्न । निर्णय प्रक्रियामा बसेको पदाधिकारीको उपस्थितिमा ‘यो यो इन्ट्री गर’ भन्ने निर्देशनमा श्रेष्ठले लेख्नुभएको हो”, अर्थमन्त्रीले भने। उनले नियोजित रुपमा लगाइएको आरोपका आधारमा अविश्वास गर्न नहुने बताए ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु