global ime bank Long Banner Ad

गृहपृष्ठ भारतको मणिपुरमा हिंसा भड्किदा ८० जनाले ज्यान गुमाए

भारतको मणिपुरमा हिंसा भड्किदा ८० जनाले ज्यान गुमाए

भारतको मणिपुरमा हिंसा भड्किदा ८० जनाले ज्यान गुमाए

भारतको मणिपुर राज्यको पश्चिमी इम्फाल जिल्लाको कांगचुप क्षेत्रमा सोमवार फेरि हिंसा भड्किएको छ । गत मे ३ मा जातीय हिंसा सुरु भएयता मणिपुरमा झडपको घटना भइरहेको छ । झडपमा ज्यान गुमाउनेको सङ्ख्या ८० भन्दा धेरै पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय द्वन्द्व चर्किएको हो ।

मणिपुरमा मेइतीको जनसङ्ख्या ५४ प्रतिशत छ । उनीहरू धेरैजसो इम्फाल उपत्यकामा बस्छन् । ४० प्रतिशत जनसङ्ख्या ओगट्ने नागा र कुकी प्राय पहाडी जिल्लाहरूमा बस्छन् ।

दुई वटा सशस्त्र समूहको बीचमा भएको गोलीबारीमा तीन जनाको ज्यान गएको र अन्य चार जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फालको अस्पतालमा उपचार भइरहेको छ ।

मणिपुरमा भएको हिंसाको छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाको अध्यक्षतामा आइतवार एक आयोग गठन गरेको छ ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु