global ime bank Long Banner Ad

गृहपृष्ठ फलफूलमा परनिर्भर बन्दै नेपाल, १० महिनामा ६ अर्बको स्याउ आयात

फलफूलमा परनिर्भर बन्दै नेपाल, १० महिनामा ६ अर्बको स्याउ आयात

फलफूलमा परनिर्भर बन्दै नेपाल, १० महिनामा ६ अर्बको स्याउ आयात

कृषि प्रधान देशबाटै फलफूल आयातमा मासिक एक अर्ब रुपैयाँ बाहिरिने गरेको छ । चालू आर्थिक वर्षको १० महिनामा नेपालमा ६ अर्ब १ करोड रुपैयाँको स्याउ आयात भएको छ ।

यस अवधिमा भारतबाट १ अर्ब ९२ करोड ९६ लाख, स्विट्जरल्याण्डबाट २७ लाख २० हजार र अमेरिकाबाट ५० लाख ३४ हजार रुपैयाँको स्याउ आयात भएको भन्सार विभागको तथ्यांक छ ।

विभागका अनुसार साउनदेखि बैशाखसम्ममा नेपालमा चीनबाट ४ अर्ब ७ करोड ९४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको छ । यस्तै, यस अवधिमा नेपाली बजारमा भारतबाट मात्र १ अर्ब २ करोड रुपैयँको केरा आयात भएको छ ।

जबकि नेपालले यस अवधिमा ५ लाख ५६ हजार रुपैयाँको मात्र केरा निर्यात गरेको छ । जसमध्ये भारतमा २५ हजार रुपैयाँ र कतारमा ५ लाख ३१ हजार रूपैयाँको केरा निर्यात भएको हो ।

एभोकाडो नेपालमै उत्पादन हुने भए पनि चालू आवको १० महिनामा युगाण्डाबाट ६ करोड १७ लाख रुपैयाँ र केन्याबाट ६ लाख ६४ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

नेपालबाट फलफूल आयातमा नै बर्षेनि अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ । स्विट्जरल्याण्ड, अमेरिका, चीन र भारतलगायतका देशबाट आयातित फलफूलले नेपाली बजारमा कब्जा जमाएको छ ।

नेपाललाई फलफूल उत्पादनका लागि भौगोलिक तथा हावापानीका दृष्ट्रिकोणले अनुकूल स्थल मानिन्छ । तर लामो समयदेखि नेपाली बजारमा भने फलफूलको परनिर्भरता बढ्दै गएको देखिन्छ ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु