गृहपृष्ठ पर्वत मोदीका सन्तबहादुरलाई साउदीमा मृत्युदण्ड
पर्वत मोदीका सन्तबहादुरलाई साउदीमा मृत्युदण्ड
पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका सन्तबहादुरलाई साउदी सरकारले गत मृत्युदण्ड दिइएको छ । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा कैदी जीवन बिताईरहेका उनलाई त्यहाँको सरकारले गत साता मृत्युदण्ड दिएको सूचना साउदीस्थित नेपाली दूतावासमा जानकारी गराएको थियो ।
स्थानीय अदालत, पुनरावेदन र सर्वोच्च अदालतले साउदी नागरिक ओदा विन अऐदा विन हमोद अल सरारीको हत्यामा दोषी ठहर गर्दै सन्तबहादुरलाई मृत्युदण्डको फैसलामै सुनाएको थियो । त्यसलाई रोयल कोर्टले समेत अनुमोदन गरेपछि मृत्युदण्डको फैसला कार्यान्वयन भएको हो ।
२०५४ सालमा साउदी अरेबियामा कृषि काममा पुगेका सन्तबहादुर भेडा चराउन जाने क्रममा भएको हत्याको घटनाको कारण मृत्युदण्डसम्मको सजाय पाएका हुन् । भेडा चराउन गएका उनलाई एक जनाले दैनिक आएर भेडा माग्न थालेपछि भएको बिबादका क्रममा चक्कु प्रहार गर्दा हत्याको घटना घटेको थियो ।
२०५८ जेठमै मृत्युदण्डको सजाय सुनाइएको थियो । तर पीडित परिवारले उनको मृत्युदण्डको सजाय माफी हुने सम्बन्धमा बदलाकै कठोर भाव राखेपछि साउदीको आन्तरिक मन्त्रालयले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गरेको छ ।
नेपाल र साउदी सरकारले मृत्युदण्डको फैशला सुनाइएपछि उनको जीवन फर्काउने कोसिसका वावजुत पीडित परिवारसमक्ष प्रयास भएका थिए ।
प्रकाशित समय : १४:३२ बजे



















