गृहपृष्ठ युक्रेन युद्ध : डिनिप्रोमा रुसी आक्रमणमा २० जना घाइते
युक्रेन युद्ध : डिनिप्रोमा रुसी आक्रमणमा २० जना घाइते
युक्रेनको मध्य शहर डिनिप्रोमा भएको रुसी हमलामा परेर २० जना घाइते भएका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ। सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ ।
एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामण पछि विस्फोटको आवाज सुनिएको छ र हवाई प्रतिरक्षा प्रणाली फेरि तैनाथ गरिएको छ। युक्रेनका सबैजसो भागमा हवाई आक्रमणको अलर्टमा राखिएको छ।रुसले पछिल्लो घटनाबारे भने कुनै प्रतिक्रिया दिएको छैन।
जेलेन्स्कीले डिनिप्रोमा भएको विस्फोटलाई जानाजानी रूसी आक्रमणको रूपमा वर्णन गरेका छन । यद्यपि रूसले छिमेकी देशमा आक्रमण गर्दा नागरिकहरूलाई लक्षित गर्ने गरेको सुरु देखी नै अस्वीकार गर्दै आएको छ ।
प्रकाशित समय : १६:१७ बजे



















