गृहपृष्ठ प्रधानमन्त्री प्रचण्डले आज महाकालेश्वर मन्दिरको दर्शन गर्दै, १०८ किलो रुद्राक्षले पूजा गर्ने
प्रधानमन्त्री प्रचण्डले आज महाकालेश्वर मन्दिरको दर्शन गर्दै, १०८ किलो रुद्राक्षले पूजा गर्ने
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार उज्जैन जाने भएका छन् ।
बिहान ११ बजे उज्जैनस्थित महाकालेश्वर मन्दिर पुग्ने जानकारी दिइएको छ ।
प्रधानमन्त्रीले १२ ज्योतिर्लिंगमध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्दैछन् ।
काठमाडौंबाट लगिएको १०८ किलो विशिष्ट प्रकारको रुद्राक्षले महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ ।
यसक्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।
प्रकाशित समय : ०७:४८ बजे


















