गृहपृष्ठ नयाँ दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलाे अलर्ट’ जारी
नयाँ दिल्लीमा आज आँधीसहितको वर्षा हुने, ‘एलाे अलर्ट’ जारी
भारतको राजधानी नयाँ दिल्लीमा मंगलवार साँझ ८० किलोमिटर प्रति घण्टाको दरमा तेज आँधी चलेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार पश्चिमी वायुको प्रभावका कारणले आज पनि दिल्लीसहित उत्तरी भारतीय क्षेत्रमा आँधी आउने तथा वर्षा हुने अनुमान गरिएको छ ।
मौसम विभागले बुधबारका लागि ‘एलो अलर्ट’ जारी गर्दै आज पनि आउने आँधी र भारी वर्षाका कारण यातायात अवरुद्ध हुने तथा समतली जमिनमा पानी जम्न सक्ने चेतावनी दिएको छ । कार्यालयले आज अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरेको छ ।
आईएमडीको तथ्याङ्क अनुसार सफदरजङ्ग वेधशालामा मे महिनामा अहिलेसम्म ८६.७ मिलिमिटर वर्षा भएको छ । राष्ट्रिय राजधानीमा मे महिनामा औसत १९.७ मिलिमिटर वर्षा हुन्छ।
महाशाखाका अनुसार असार ५ गतेसम्म दिल्लीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा कम हुनेछ । दिल्लीको प्राथमिक मौसम केन्द्र सफदरजंग अब्जर्भेटरीले मंगलबार अधिकतम तापक्रम ३५.९ डिग्री सेल्सियस रेकर्ड गरेको छ ।
प्रकाशित समय : १०:२१ बजे




















