global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भारत भ्रमण निस्कनु अघि प्रधानमन्त्रीले भेटे चिनियाँ उच्च अधिकारी

भारत भ्रमण निस्कनु अघि प्रधानमन्त्रीले भेटे चिनियाँ उच्च अधिकारी

भारत भ्रमण निस्कनु अघि  प्रधानमन्त्रीले भेटे चिनियाँ उच्च अधिकारी

 भारत भ्रमणमा निस्कनु केही घन्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार बिहान चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्ड बिच भेटवार्ता भएको हो । भेटबार्ता जारी छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन । उनीहरु हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन्।

भारत भ्रमणमा निस्कनु केही घन्टा अघि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपुर्ण रुपमा लिईएको छ । तर, भेटघाटमा के भयो ? त्यो भने अझै बाहिर आएको छैन ।

गत चैत १४–१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्विकार गर्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदैछन् ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु