global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोशी प्रदेशसभाको बैठक बस्दै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

कोशी प्रदेशसभाको बैठक बस्दै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

कोशी प्रदेशसभाको बैठक बस्दै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

आजदेखि कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदैछ । गत पुस १७ गते प्रदेशको नामाकरण पछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् । गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो ।

प्रकाशित समय : ०९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु