गृहपृष्ठ सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।
त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै दिउँसो एक बजे संसद्को नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अथ मन्त्री ड. प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित समय : ०९:०० बजे



















