nmb bank

गृहपृष्ठ कोपिला किताबका ५ बालपुस्तक एकसाथ लोकार्पण

कोपिला किताबका ५ बालपुस्तक एकसाथ लोकार्पण

कोपिला किताबका ५ बालपुस्तक एकसाथ लोकार्पण

कोपिला किताबले ५ बालपुस्तक एकसाथ लोकार्पण गरेको छ । ‘टेल्स एन्ड लाइज’ शृङ्खलाअन्तर्गत ‘बेखामान र राक्षस’ बिक्रम भक्त जोशी, ‘जन्तर मन्तर’ बिन्दु शर्मा, ‘कपासको घोडा’ इन्द्र चौधरी, ‘अन्नको बखान’ जितेन्द्र बस्नेत, ‘साङ्केनको खुलदुली’ सृजना राई लेखेका हुन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित विशेष कार्यक्रममार्फत उक्त पुस्तकहरु सार्वजनिक गरेको थियो ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले छुट्टाछुट्टै पुस्तक लोकार्पण गरेका थिए ।

कार्यक्रममा कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताए । सबै पुस्तकको सम्पादन बाल कथाकार अनुराधाले गरेकि थिईन् ।

बालबालिकाहरूको मनोविज्ञान बुझेर र त्यस्तो मनोविज्ञानलाई चित्र अनि सरल भाषामार्फत बुझाइएको पुस्तक ल्याउनुपर्छ भन्ने मनसायले आफ्नो प्रकाशन गृहले यी बालपुस्तक ल्याएको कोपिला किताबका अध्यक्ष भानु भट्टराईले बताए ।

प्रकाशित समय : १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु