nmb bank

गृहपृष्ठ अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित होइनः वामदेव गौतम

अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित होइनः वामदेव गौतम

अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित होइनः वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउने माग गर्नु उचित नभएको बताएका छन् । सरकारको आगामी आर्थिको वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाको आजको छलफलमा गौतमले प्रस्तुत नीति तथा कार्यक्रमलाई नै अगाडि बढाउनुपर्ने बताएका हुन् ।

प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको पुनर्लेखन गरी ल्याउनुपर्ने बताएका थिए । साथै संघीय संसद्का दुवै सदनमा एमालेका सांसदहरूले नीति तथा कार्यक्रम पुनर्लेखन गरी प्रस्तुत गर्नुपर्ने माग गरिरहेका छन् ।

राष्ट्रिय सभा बैठकमा गौतमले भने संवैधानिक रुपमा नीति, कार्यक्रम प्रस्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुने भएकाले पुनर्लेखनको माग जायज नरहेको बताए । नीति तथा कार्यक्रममा एक वर्षभित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने योजनाहरू अघि सारिएको उल्लेख गरेका थिए ।

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु