global ime bank Long Banner Ad

गृहपृष्ठ आफ्नो नागरिकलाई विदेशी बनाएर बेच्नु देशद्रोही कार्य होः तेजुलाल  चौधरी

आफ्नो नागरिकलाई विदेशी बनाएर बेच्नु देशद्रोही कार्य होः तेजुलाल  चौधरी

आफ्नो नागरिकलाई विदेशी बनाएर बेच्नु देशद्रोही कार्य होः तेजुलाल  चौधरी

प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले यहि वर्षभित्र नगरक्षेत्रकाका सवै सुकुम्वासीको हातमा लालपूर्जा पर्नेगरी काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका १ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनप्रतिनिधिको अझै चार वर्ष काम गर्ने समय रहेको भए पनि राष्ट्रिय भूमि आयोग सीमित समयको लागि गठन भएकोले चाँडो काम सक्नुपर्ने बताए ।

पूर्वमन्त्रीसमेत रहेका सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिा सदस्य चौधरीले भने, ‘नेपाली नागरिक भएर पनि पुस्तौंदेखि एकटुक्रा जमिन नाममा नभएकाहरुलाई राज्यले जमिनको मालिक बनाउने महान अभियान चलाएको छ । अभियानलाई सफल बनाउने जिम्मा स्थानीय जनप्रतिनिधिकै हो । यसलाई इमान्दारिताका साथ पूरा गर्न सक्रियता पूर्वक लाग्नुहोस् ।’

चौधरीले आफ्नै देशको नागरिकलाई विदेशी बनाउनु देशद्रोही काम भएको बताए। उनले भने, ‘आफ्नो नागरिकलाई विदेशी बनाएर बेच्नु देशद्रोही कार्य हो । यस्तो देशद्रोही कार्यगर्ने जो कोहीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु