global ime bank Long Banner Ad

गृहपृष्ठ गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा विष्णु प्रसाद उपाध्याय

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा विष्णु प्रसाद उपाध्याय

गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा विष्णु प्रसाद उपाध्याय

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्थाको संचालक समितिको मंगलबार बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई नियुक्त गरेको हो ।

सिराहा जिल्ला, सिराहा नगरपालिका वार्ड नं.१ स्थायी घर भई हाल नयाँ बानेश्वर, काठमाण्डौं बसोवास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यानुभव हासिल गरेका छन् ।

व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको छ ।

धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं. ७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका वडा नं.१ पुष्पलालचौक विराटनगर, मोरङ्गमा कर्पोरेट कार्यालय रहेकोे वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालय मार्फत २० हजार भन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु