global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा मुख्य तीन एजेन्डा

नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा मुख्य तीन एजेन्डा

नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा मुख्य तीन एजेन्डा

जेठ १ र २ मा बंगलादेशमा हुने नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकमा नेपाली पक्षले संयुक्त रूपमा जलविद्युत् परियोजना विकास र प्रसारण लाइन निर्माणको एजेन्डा प्रस्तुत गर्ने भएको छ । विशेषगरी नेपाली पक्षले ६८३ मेगावाटको जलाशययुक्त सुनकोशी ३ आयोजनालाई संयुक्त रूपमा बनाउने र मोडालिटी तय गर्ने प्रस्ताव राख्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए ।

बैठकमा यसअघि भएको बैठकको समीक्षा तथा बंगलादेशले नेपालको जलविद्युतमा लगानी गर्ने इच्छा राखेको र त्यसबारे समेत छलफल हुने भेटुवालले जनाए । जेठ १ मा दुवै देशका सहसचिवस्तरको बैठकमा छलफल हुने एजेन्डालाई २ गतेको सचिवस्तरीय बैठकले टुंग्याउने उनको भनाइ छ ।

०७९ भदौ ८ र ९ मा काठमाडौंमा सम्पन्न बैठकमा सुनकोशी–३ आयोजनालाई प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्त रूपमा निर्माण गर्ने निर्णय भएको थियो । त्यसका लागि उक्त आयोजनाको अध्ययनलगायत काम सकेर अर्को बैठकमा त्यसबारे थप छलफल हुने निर्णय भएको थियो । यस्तै उक्त बैठकले वातावरण मूल्यांकन प्रतिवेदन तथा विस्तृत आयोजना प्रतिवेदन नेपाली पक्षले निर्माण गर्ने निर्णय भएको थियो ।

अध्ययन सकिए पनि कुन मोडालिटीमा आयोजना निर्माण गर्ने यकिन छैन । बैठकले आयोजना निर्माणको मोडालिटी र दुवै देशले गर्नुपर्ने साझेदारीका विषयमा छलफल गर्ने भेटुवालको भनाइ छ । यसका लागि हालसम्म अध्ययनको सम्पूर्ण जानकारी बंगलादेशी पक्षलाई उपलब्ध गराइसकेको उनले बताए । साथै नेपाल–भारत–बंगलादेश मिलेर त्रिपक्षीय रूपमा विद्युतको व्यापार कसरी गर्नेलगायत विषय पनि बैठकमा प्रस्तुत हुनेछन् ।

प्रकाशित समय : १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु