nmb bank

गृहपृष्ठ कोरोना नियन्त्रणमा भएको खर्च विवरण माग्दै विधायन समिति

कोरोना नियन्त्रणमा भएको खर्च विवरण माग्दै विधायन समिति

कोरोना नियन्त्रणमा भएको खर्च विवरण माग्दै विधायन समिति

कर्णाली प्रदेश विद्यायन तथा प्रदेश मामिला समितिले कोरोना नियन्त्रणका लागि भएको खर्चको विवरण माग गरेको छ ।

कर्णाली प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको उच्च स्तरीय प्रदेश विपत् व्यवस्थापन कोषबाट हालसम्म भएको खर्चको विवरण माग गरिएको हो ।

शानिबार बसेको समितिको बैठकले उक्त कोषमार्फत् भएको खर्च र विधायन समिति मातहतका मन्त्रालयहरुले गरेको खर्चको विवरण माग गर्ने निर्णय गरेको समितिका अध्यक्ष पदमबहादुर रोकायले जानकारी दिए । उनका अनुसार धेरै दाताहरुले उक्त कोषमा सहयोग प्रदान गरेको र खर्च पारदर्शि हुनुपर्ने कुरा उठेको कारण खर्चको विवरण माग गर्ने निर्णय गरिएको हो ।

त्यस्तै समितिको बैठकले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक २०७६ मा परेको संशोधन सहितको समितिको प्रतिवेदन तयारी गरी सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु