nmb bank

गृहपृष्ठ नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव

नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव

नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव

जानकी । नेपालगञ्जमा पहिलो पटक थारु खाना महोत्सव आयोजना हुने भएको छ । यही वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव यहाँस्थित सोल्टी वेस्टेन्ड प्रिमियर नेपलगञ्जमा आयोजना हुन लागेको हो ।

थारु समुदायमा खाइने परिकारका मौलिक स्वाद, संस्कृति र परम्परागत खानालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जका महाप्रबन्धक राजबिक्रम शाहले जानकारी दिए ।

थारु समुदायको परम्परागत खाना परिकारको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तासम्म यसको मौलिक स्वाद र सांस्कृतिक महत्व पु-याउने उद्देश्यले नेपालगञ्जमा पहिलोपटक थारु खाना महोत्सव आयोजना गर्न लागिएको हो ।  “महोत्सवमा अनुभवी सेफद्वारा तयार पारिएका थारु समुदायका परिकारहरू प्रस्तुत गरिनेछन्, थारु समुदायको मौलिक खानालाई संरक्षण गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने हाम्रो उद्देश्य हो”, महाप्रबन्धक शाहले भन्नुभयो ।

महोत्सवमा प्रवेश निःशुल्क रहनेछ भने पाहुनाहरूले ५०० को भौचर खरिद गरी विभिन्न परिकारहरूको स्वाद लिन सक्नेछन् । साँझ ६ बजेबाट राति ११ बजेसम्म सञ्चालन हुने महोत्सवमा हरेक राति ९ बजेदेखि १० बजेसम्म थारु सांस्कृतिक नृत्य प्रस्तुति पनि गरिने छ ।  महोत्सवमार्फत थारु समुदायको जीवित संस्कृति, कला र परम्परासँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : ०५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु