गृहपृष्ठ बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?
बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?
आज नेपाली सुचाँदी बजारमा सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९०० मा कारोबार भएको थियो।
यसअघि वैशाख २१ गते सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो।सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ। आज प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित समय : ११:२९ बजे



















