global ime bank Long Banner Ad

गृहपृष्ठ यार्सागुम्बा टिप्न गएका जुम्लाका ३ जना बेपत्ता

यार्सागुम्बा टिप्न गएका जुम्लाका ३ जना बेपत्ता

यार्सागुम्बा टिप्न गएका जुम्लाका ३ जना बेपत्ता

मुगु पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाका ३ जना बेपत्ता भएका छन् । जुम्ला पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार पातारासीका १५ जना यार्सा टिप्न गएकामध्ये ३ जना हिम पहिरोमा पुरिएको खबर प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक सुदर्शन पन्थीले पनि मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेखमा ३ जना बेपत्ता भएको बताए । उनका अनुसार जुम्ला पातारासी–२ तल्फी गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्णसिंह सार्की र ३६ वर्षका वीर बोहरा रहेकाछन् ।

प्रहरीका अनुसार उनीहरु मुगु सदरमुकामबाट करिब ६ दिन लाग्ने स्थानमा पुगेका थिए । मौसम खराबका कारण जेठ ४ गतेमात्रै यार्सा टिप्ने भनिएको छ ।

प्रकाशित समय : ०६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु