global ime bank Long Banner Ad

गृहपृष्ठ साढे ४४ प्रतिशतमा बिमाको पहुँच

साढे ४४ प्रतिशतमा बिमाको पहुँच

साढे ४४ प्रतिशतमा बिमाको पहुँच

नेपालमा बिमा पहुँच करिब साढे ४४ प्रतिशत पुगेको छ । नेपाल बिमा प्राधिकरणको तथ्यांक अनुसार पछिल्ला वर्षमा तीव्र रुपमा बिमा सेवाको विस्तार बढेकाले समग्र बिमा पहुँचमा पनि वृद्धि भएको हो ।

प्राधिकरणका अनुसार गत चैतसम्मको मुलुकको कुल जनसंख्यामध्ये करिब साढे ५५ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर छन् ।

तथ्यांकमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बिमा पनि समावेश छ । तर म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाले गरेको बिमा हटाउँदा गत चैतसम्म करिब १८ प्रतिशत नागरिकमा मात्र बिमा पहुँच पुगेको प्राधिकरणले जनाएको छ ।

धेरै नागरिकमा बिमासम्बन्धी चेतना नहुनु, कम्पनीहरू सहर तथा सुविधासम्पन्न क्षेत्रमा सीमित भएकाले अझै पनि आधाभन्दा बढी जनसंख्या बिमा सेवाबाट वञ्चित रहेको विज्ञहरुको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले अनिवार्य रूपमा बिमा गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका अनुसार गत चैतसम्म बिमा कम्पनीहरूले १ करोड ४१ लाख ६५ हजार ९ सय ९२ वटा जीवन बिमालेख र २१ लाख ६६ हजार ३ सय २८ वटा निर्जीवन बिमालेख बिक्री गरेका छन् ।

हाल मुलुकभर १९ जीवन बिमा, २० निर्जीवन बिमा र २ पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । ७ वटा लघुबिमा कम्पनीहरुलाई पनि बिमा प्राधिकरणले सञ्चालन अनुमति दिएको छ । गत चैतसम्म बिमा कम्पनीहरूले ३ हजार १ सय ५४ वटा शाखा कार्यालयमार्फत मुलुकभर बिमा सेवा दिँदै आएका छन् । अघिल्लो वर्षको चैतसम्म यो संख्या ३ हजार १ सय ५४ थियो ।

गत चैतसम्म बिमा कम्पनीहरूले (जीवन र निर्जीवन) कुल १ खर्ब ३४ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको चैतसम्म यस्तो शुल्क २।६७ प्रतिशतले बढेको छ ।

प्रकाशित समय : ०६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु