global ime bank Long Banner Ad

गृहपृष्ठ बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा २ हजार पाहुना

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा २ हजार पाहुना

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा २ हजार पाहुना

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहले विश्वको ध्यान लन्डनतिर खिचिएको छ । यही ६ मे शनिबार राजा चार्ल्सको रानी (क्विन कन्सोर्ट) क्यामिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने तयारी छ ।

बेलायतमा ९ सय वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरूको राज्याभिषेक हुने गरेको छ । उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुनेछन् । राजा चार्ल्सले राजमुकुटसमेत पहिरिने उक्त समारोहमा विश्व नेताहरू, राजपरिवार सदस्य, सेलिब्रेटी, स्वयंसेवक, सशस्त्र फौजलगायत झन्डै दुई हजार पाहुना सहभागी हुने अपेक्षा छ ।

टेलिभिजनमार्फत संसारभरिका करोडौं मानिसले प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको एउटा बृहत् समारोहमा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई श्रीपेच पहिर्‍याउनेछन् । २.२३ किलो तौलको सुन र हीरा जवाहरात जडित उक्त श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् ।

राजाले यस समारोह सन् १९५३ मा भएको आफ्नी आमाको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहेको बीबीसीले जनाएको छ ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षको उमेरमा राज्यारोहण गरेका चार्ल्स संसारमै सबैभन्दा बढी उमेरका राजा हुन् । उनी अहिले १५ वटा कमनवेल्थ मुलुकका प्रमुख पनि छन् ।

उनी १४ नोभेम्बर १९४८ मा बकिङघम राजदरबारमा जन्मेका हुन् । उनकी आमा रानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गर्दा उनी चार वर्षका थिए । उनले लन्डन र स्कटल्यान्डमा अध्ययन गरेका थिए । २० वर्षको हुँदा उनलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो ।

नेपालका परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार राति लन्डन आइपुगेका छन् ।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु