काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लागूऔषधसहित तीन युवक पक्राउ

8.57K
shares

कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।पुनर्वास नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।

कञ्चनपुर प्रहरीका अनुसार बुधवार राति पुनर्वास नगरपालिका वडा नम्बर ५ स्थित दोदा पुल नजिकबाट प्रहरीले ६ सय मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारी बस्ने २५ वर्षीय प्रकाश राना, गोदावरी नगरपालिका–९ मरकट्टीका सुवास राना र बेलौरी नगरपालिका–६ रिछाहका १८ वर्षीय सागर राना रहेका छन् । उनीहरूको साथबाट प्रदेश नं ३–०२–००१ प ११४८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।