गृहपृष्ठ रास्वपा संसदीय दलको नेताबाट डोलप्रसादले दिए राजीनामा
रास्वपा संसदीय दलको नेताबाट डोलप्रसादले दिए राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । सभापति रवि लामिछाने उपनिर्वाचनबाट पुनः निर्वाचित भएको भन्दै उनले शनिबार दलको नेताबाट राजीनामा दिएका हुन् । उनले उपनेता विराजभक्त श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका छन् ।
‘आजकै मितिदेखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु । मेरो कार्यकालमा सहकर्मी माननीयहरूले दिनुभएको साथ र सहयोगका लागि म सदैव आभारी रहनेछु,’ राजीनामा पत्रमा लेखिएको छ ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादका कारण उनको उम्मेदवारी नै खारेज भएपछि दलको नेतामा अर्याललाई चयन गरिएको थियो ।
यही वैशाख १० गते भएको उपनिर्वाचनबाट लामिछाने पुन: चितवन-२ बाट विजयी बनेका छन् ।
प्रकाशित समय : ०६:३९ बजे


















