गृहपृष्ठ माओवादीका पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्छ –शेखर कोइराला
माओवादीका पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्छ –शेखर कोइराला
माओवादीका पूर्वलडाकुलाई राहत रकम दिने तयारीको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विरोध गरेका छन् ।
आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुँने बताएका छन् ।
नेता कोइरालाले विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’उनीहरुलाई पैसा होइन रोजगारी दिऊँ ।’
प्रकाशित समय : १०:३३ बजे


















