गृहपृष्ठ थप ८१ जनामा कोरोना पुष्टि

थप ८१ जनामा कोरोना पुष्टि

थप ८१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टाभित्र थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरबाट १३०६ नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३७० र एन्टिजेनबाट ९३६ नमुना परीक्षण गर्दा पीसीआरबाट ४१ र एन्टिजेनबाट ४० को रिपोर्ट पोजिटिभ आएको हो ।

यस अवधिभित्र ५४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७० पुगेको छ ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु