global ime bank Long Banner Ad

गृहपृष्ठ मतदानको समय सकियो, आजैबाट मतगणना

मतदानको समय सकियो, आजैबाट मतगणना

मतदानको समय सकियो, आजैबाट मतगणना

उपनिर्वाचनअन्तर्गत बिहान ७ बजदेखि सुरु भएको चितवन-२, तनहुँ-१ र बारा-२ को मतदान सकिएको छ । केही ठाउँमा सामान्य विवाद भए पनि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयागले जनाएको छ ।

निर्वाचन अधिकतहरूका अनुसार पाँच बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मत हाल्न पाउनेछन् । मतदान सकिएलगत्तै मतपेटिक संकलन हुने र त्यसपछि सर्वदलीय बैठक बसेर आजैबाट मतगणना थाल्ने बताइएकाे छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतगणनाका लागि टाेलीसमेट खटाइसकिएकाे छ । ‘मतगणना आजैदेखि हुन्छ । तीन दिनभित्र नतिजा पनि आइसक्छ,’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको बताएका छन् । तीन क्षेत्रमा भएको मतदानमा समग्रमा त्यति मत खसेको उनले बताए ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु