गृहपृष्ठ एनआइसी एशिया बैंकको खुद नाफा ११ प्रतिशतले वृद्धि

एनआइसी एशिया बैंकको खुद नाफा ११ प्रतिशतले वृद्धि

एनआइसी एशिया बैंकको खुद नाफा ११ प्रतिशतले वृद्धि

मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकमाझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैक लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । यस बैंकले आव २०७९/८० को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७७.७ अर्ब पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३१६.५५ अर्ब पुर्‍याउन बैंक सफल भएको छ ।

बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ ४.०१ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व-पुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी ४६.७६ आर्जन गर्न बैंक सफल भएको छ ।

स्व-पूँजीमाप्रतिफल र प्रतिसेयर आम्दानी २१ वटै वाणिज्य बैंकमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

बैंकले आव २०७९/८० को तेस्रो त्रैमाससम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

एनआइसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको एक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ ।

जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौं ठुलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याकाे ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु