global ime bank Long Banner Ad

गृहपृष्ठ यूएईमा पदमले जिते ७१ करोड ७७ लाख रुपैयाँको चिठ्ठा

यूएईमा पदमले जिते ७१ करोड ७७ लाख रुपैयाँको चिठ्ठा

यूएईमा पदमले जिते ७१ करोड ७७ लाख रुपैयाँको चिठ्ठा

संयुक्त अरब इमिरेट्स यूएईमा एक नेपालीलाई ७१ करोड ७७ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ ।

ठेगाना र थर नखुलाइएका पदम नामका नेपालीलाई महजुज राफल ड्रमार्फत २ करोड यूएई दिराम बराबरको चिट्ठा परेको हो । जसको नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४९६ हुन्छ ।

२ वर्षअघिदेखि हरेक साता हुँदै आएको महजुज लक्की ड्रको १२४ औं संस्करणको मुख्य चिट्ठा पदमलाई परेको यूएईका अनलाइनले जनाएका छन् ।

चिठ्ठा पर्ने पदम २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा गाडी चलाउँदै आएका थिए । र उनले मासिक ५ हजार ७०० दिराम अर्थात् २ लाख ५ हजार रुपैयाँ तलब पाउने गरेका थिए ।

महजुज राफल सुरुभए यता आफूले नियमित रुपमा चिठ्ठा किन्ने गरेको र यसअघि एक पटक ३५ र एक पटक ३५० दिराम चिठ्ठा परेको उनले बताए ।

श्रीमती र छोरीसँग सोधेर उनीहरुले भनेको अंकको चिठ्ठा किन्ने गरेको बताउने पदमले ७१ करोडको चिठ्ठा परेको जानकारी गराउँदा उनकी श्रीमतीले ठट्टा गरेको सम्झिइन् ।

प्रकाशित समय : ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु