गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड गोरखा र तनहुँ जाँदै
प्रधानमन्त्री प्रचण्ड गोरखा र तनहुँ जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदैछन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ । तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् ।
उनी आज नै काठमाडौं फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित समय : ०७:२४ बजे


















