काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता

9.77K
shares

कुमारी बैंकका क्रेडिट कार्डवाहकले अब लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामग्री खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्नेछन् ।

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न कुमारी बैंकले यस सहकार्यमार्फत लभ कुश इनोभेसनमा पाइने विभिन्न वस्तुको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने व्यवस्था गरेको हो ।

बैंकले आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । कुमारी बैंकले देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ ।