global ime bank Long Banner Ad

गृहपृष्ठ बालकोटमा सभामुखसहित शीर्ष नेताहरुको छलफल जारी

बालकोटमा सभामुखसहित शीर्ष नेताहरुको छलफल जारी

बालकोटमा सभामुखसहित शीर्ष नेताहरुको छलफल जारी

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकका विषयमा छलफल भइरहेको छ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गरिरहेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि निवासमै स्वास्थ्य लाभ गरिरहेका एमाले अध्यक्ष ओलीकै निवासमा छलफल गरेका हुन् । साथमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र तीन प्रमुख दलका सचेतकहरु पनि छलफलमा सहभागी छन् ।

प्रकाशित समय : ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु