global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ जनामा संक्रमण

कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ जनामा संक्रमण

कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो।

यसअघि मंगलबार पनि एक जनाको मृत्यु भएको थियो । बुधबार एक जना संक्रमितले ज्यान गुमाएसँगै मृतकको संख्या १२ हजार २२ पुगेको छ ।पछिल्लो २४ घन्टामा १२१ जनाको कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु