global ime bank Long Banner Ad

गृहपृष्ठ मेयर बालेन गैरजिम्मेवार बने, संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन –राजेन्द्र पाण्डे

मेयर बालेन गैरजिम्मेवार बने, संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन –राजेन्द्र पाण्डे

मेयर बालेन गैरजिम्मेवार बने, संघीय सरकार गैरजिम्मेवार बन्न मिल्दैन –राजेन्द्र पाण्डे

एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं महानगरपालिका गैरजिम्मेवार बने पनि संघीय सरकार गैरजिम्मेवार बन्न नहुने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले काठमाडौंका मेयर बालेन शाहले राष्ट्रपति भवन, सिंहदरवारलगायत स्थानको फोहोर उठाउँदिनँ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । तर, उनले संविधानले दिएको जिम्मेवारी पूरा नगर्ने अभिव्यक्ति दिए भन्दै संघीय सरकार पनि गैरजिम्मेवार बन्न नहुने उनको भनाइ छ ।

काठमाडौंमा दुई दिन फोहोर नउठ्दा अब के गर्ने भन्ने पिरलो हुने गरेको भन्दै सांसद पाण्डेले तर, ४२ किलोमिटर टाढा बनेपादेखिको फोहोर बन्चरेडाँडामा फ्यालेर त्यहाँका जनतामाथि अन्याय गरेको आरोप लगाए ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु