global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ

८ हजार बढी अमेरिकी डलरसहित ९ जना नेपाली पक्राउ परेका छन् । सोमबार साँझ दुबई जान लागेका उनीहरूलाई त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको त्रिअबि प्रहरीले जनाएको छ ।पक्राउ परेकामध्ये ८ जना दुबई हुँदै क्रोयसिया र रोमानिया जाने तयारीमा थिए । अर्का एक जन भने ती आठ जनालाई पठाउन विमानस्थल पुगेका थिए ।

उनीहरूको साथबाट ८ हजार ४०४ अमेरिकी डलर र ९१६ युरो बरामद भएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार उक्त रकम दुबई हुँदै क्रोयसिया, रोमानियाजस्ता मुलुकहरूमा पुर्‍याउने गरिएको छ । मंगलबार पनि त्रिअबि प्रहरीले २० हजार अमेरिक डलरसहित दुई जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु