सानिमा बैंक र दराजबीच सहकार्य
वि.सं.२०७९ चैत २७ सोमवार २१:२२
shares

सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’ का लागि सहकार्य गरेको छ ।
यो योजना चैत २८ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुने बैंकले बताएको छ । उक्त सहकार्यबमोजिम दराजको अनलाइन प्लाटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ ।
ग्राहकहरूले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रियाअनुसार छुट प्रदान गरिने बैंकले बताएको छ ।
बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
























