गृहपृष्ठ २० जिल्लाका मिटरब्याज पीडित काठमाडौं आउँदै

२० जिल्लाका मिटरब्याज पीडित काठमाडौं आउँदै

२० जिल्लाका मिटरब्याज पीडित काठमाडौं आउँदै

मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच वार्ता टोली गठनपछि गरिएका निर्णय फितलो भएको भन्दै महोत्तरीसहित मधेसका २० जिल्लाका मिटरब्याज पीडितहरूले आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

आइतबार महोत्तरीको गौशला बजार जुलुससहित परिक्रमा गर्दै नगरपालिका घेराउ गरेका पीडितले स्थानीय सरकारले पनि पीडितलाई न्याय दिनुपर्ने बताएका छन् । नाराबाजी र जुलुससहित नगरपालिका पुगेका पीडितले केन्द्रीय सरकारलाई दबाब दिन अब देशभरबाट पीडित काठमाडौं आउने बताएका छन् ।

आइतबार राति २० जिल्लाका एक हजार पीडित काठमाडौंमा न्याय माग्न आउने कार्यक्रम रहेको रौतहटका अभियन्ता अक्षत लामिछानेले बताए । हाल बनेको पीडित संघर्ष समिति र सरकारको वार्ता टोलीले गर्ने हरेक निर्णय पूर्ण रुपमा पालना हुनुपर्ने पीडितको माग रहेको लामिछानेले बताए ।

अहिले सरकारसँग वार्ता गर्ने टोलीले गरेका वार्ता र भएका निर्णयले सबैलाई न्याय नदिने भएकाले फितलो निर्णय नहोस् भनी सबै पीडित काठमाडौं आउन लागेकाे अभियन्ता लामिछानेकाे भनाइ छ ।

प्रकाशित समय : ०७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु