गृहपृष्ठ यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

हाल देशभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको माैसमविद्ले बताएका छन् ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाकाे पूर्वानुमान छ ।

प्रकाशित समय : ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु