गृहपृष्ठ प्रभु लाइफले एक हप्तामै गर्‍यो मृत्यु दावी भुक्तानी

प्रभु लाइफले एक हप्तामै गर्‍यो मृत्यु दावी भुक्तानी

प्रभु लाइफले एक हप्तामै गर्‍यो मृत्यु दावी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्सले एक हप्तामै मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मृत्यु दावी भुक्तानीका लागि बीमितले सम्पूर्ण कागजातसहित निवेदन पेश गरेको एक हप्तामै दावी भुक्तानी गरेको हो ।

३ वर्ष अगाडि प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गराएका श्याम कृष्ण तिमिल्सिनाको मृत्युपश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो । मृतकको निवासमा भएको दावी भुक्तानी कार्यक्रममा चागुनारायण नगरपालिका-८ का वडाध्यक्ष जनक खत्रीको समेत उपस्थिति रहेको थियो । वडाध्यक्ष खत्रीले छिटोछरितो तरिकाले दावी भुक्तानी गरेकोमा प्रभु लाइफलाई धन्यवाद दिए । यसका साथै, यसरी जीवन बिमा कम्पनीले चुस्त रुपमा दावी भुक्तानी गर्दा प्रभु लाइफ र जीवन बिमाप्रति विश्वास बढ्ने र आममानिस आकर्षित हुने औंल्याए ।

दावी भुक्तानी कार्यक्रममा प्रभु लाइफका तर्फबाट बागमती प्रदेश प्रमुख मान बहादुर विष्ट मदनले मृतक बीमितको परिवारलाई बिमा रकम हस्तान्तरण गर्दे मृत्युपश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बिमा रहेको बताए । यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार रहेको समेत प्रदेश प्रमुख विष्टले थपे ।

कार्यक्रममा भक्तपुर शाखा प्रमुख निना श्रेष्ठ, वरिष्ठ एजेन्सी म्यानेजरहरु दिपक न्यौपाने, बबिब दुवाल, नवराज तिमिल्सेना, कमला कटवाल, मिलिना श्रेष्ठ, अन्जना न्यौपाने, ओम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु