गृहपृष्ठ नेप्सेमा २० अंकको गिरावट, सबै उपसूचक राताम्मे

नेप्सेमा २० अंकको गिरावट, सबै उपसूचक राताम्मे

नेप्सेमा २० अंकको गिरावट, सबै उपसूचक राताम्मे

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा २० अंककाे गिरावट आएको छ । आइतबार नेप्से  घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ । आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ७१ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ । त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज नेप्सेमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ । तर यता स्वाभिमान लघुवित्तको शेय रमूल्य ९.६१ प्रतिशत घटेको छ ।

आइतबार कारोबारमा एनआइसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु