गृहपृष्ठ सीजीको प्रोडक्टका साथ नयाँ वर्ष उपहार योजना
सीजीको प्रोडक्टका साथ नयाँ वर्ष उपहार योजना

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुको खुशीयालीमा झनै उमंग भर्न सीजीको ‘नयाँ वर्ष २०८० सीजीको, उमंग नयाँपनको’ उपहार योजना लिएर आएको छ ।
यस उपहार योजनाअन्तर्गत सीजीको यो नयाँ वर्ष, सीजी मेरिडियाको उत्कृष्ट उत्पादनहरुमा नयाँपनको उमंगसहित ग्राहकहरुको लागि उपलब्ध छ । यस योजनासँगै ग्राहकहरुले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार घर ल्याउन सक्ने कम्पनीले जनाएको छ ।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटीका सामानसँगै नेपालको आफ्नै ब्राण्ड सीजीको विश्वास पाई ग्राहकहरु ढुक्क भई यस नयाँ वर्षको उत्सव मनाउन सक्ने कम्पनीले जनाएको छ । यस उपहार योजनाअन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टीभी, स्मार्ट टीभी, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यसरी फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरहरुमा क्यासब्याकलगायत ५ हजार र स्पिलीट एयर कन्डिशनरमा क्यासब्याकलगायत ४ हजार बराबरको जडान निःशुल्क रहेको छ भने ६५” र ७५” एन्ड्रोइड टीभीमा ७ हजार ५९० बराबरको सीजी २.१ स्पिकर उपहार रहेको छ ।
सेमी-अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनमा ९२० बराबरको २ केजीको एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा २ हजार ५०० रुपैयाँ बराबरको ६ केजीको एरियल म्याटिक उपहार रहेको छ । यसका साथै, डबल डोर रेफ्रिजरेटरमा १ हजार २६० बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा २हजार ८०० बराबरको कुकिङ किट, स्टिम वाश डिशवाशरमा २ प्याकेट डिशवाशर किट तथा मल्टीडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७ हजार ९० रुपैयाँ बराबरको सीजी मेरिडिया भ्याकुम उपहार रहेको कम्पनीले जनाएको छ ।
यो योजना यही चैत १३ देखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १९:१५ बजे