गृहपृष्ठ युरोकप छनोट : पोर्चुगलको फराकिलो जित
युरोकप छनोट : पोर्चुगलको फराकिलो जित
युरोकप छनोट प्रतियोगितामा पोर्चुगलले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पोर्चुगलले लक्समबर्गलाई ६-० गोल अन्तरले हराएको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । जोआ फेलिक्स, बेर्नार्डो सिल्भा,ओताभियो र राफायल लिओले एक एक गोल गरे ।
खेलको नवौं मिनेटमा रोनाल्डोले गोल गर्दा पोर्चुगलले सुरुआती अग्रता बनायो । १५औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । सिल्भाले १८औं मिनेटमा गोल गर्दा पोर्चुगलको अग्रता तेब्बर भयो ।
रोनाल्डोले ३१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए । खेलको ७७औं मिनेटमा ओताभियोले गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनायो । त्यसपछि खेलको ८८औं मिनेटमा राफायलले गोल गर्दा पोर्चुगल ६-० ले विजयी भयो ।
छनोटमा पोर्चुगलको यो लगातार दोस्रो जित हो । पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ । पोर्चुगल समूह जे को शीर्ष स्थानमा रहेको छ । लक्समबर्ग १ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित समय : ०८:४२ बजे


















