global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु क्यापिटलले गर्‍यो सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

प्रभु क्यापिटलले गर्‍यो सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

प्रभु क्यापिटलले गर्‍यो सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम

विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा प्रभु क्यापिटलले पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ ।

कम्पनीले काठमाडौंको मैतिदेवीस्थित यूनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीका लागि आज चेतनामूलक कार्यक्रम आयोजना गरेको हो । कलेजका ५० जनाभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ ।

उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफलसम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु