global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्रीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । ‘सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोही अनुसार संसदीय दललाई निर्देशित गरेको छ,’ महतले भने ।

बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको प्रवक्ता महतले बताए । आजको संसद बैठकमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय पनि बैठकले गरेको छ ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । मन्त्रालय भने सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि टुंगो लगाइने महतको भनाइ छ ।

बैठकले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएकाे छ । बैठकले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकार पठाउने निर्णय गरेको प्रवक्ता महतले बताए ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु